विज्ञान तथा प्रविधिका क्षेत्रमा विद्यार्थीका प्रतिभा सार्वजनिक गर्ने उद्देश्यले नोबेल एकेडेमीले यही फागुन २८ र २९ गते विज्ञान प्रदर्शनी गर्ने भएको छ ।
एकेडेमीले पत्रकारसम्मेलनको आयोजना गरी विज्ञानका क्षेत्रमा नयाँ नयाँ किसिमका प्रविधिसहितको प्रदर्शनी गरिने जानकारी गराएको छ ।
प्रदर्शनीका लागि कक्षा ११ र १२ का विद्यार्थीले तयार पारेका रोबोट, इलेक्टि्रक ट्रेन, हाइड्रोलिक क्रेन र केबुलकारका मोडेलहरु रहनेछन् ।
उक्त प्रदर्शनीमा सेतो बाटोमा गुड्ने र कालो बाटो आउने बित्तिकै रोकिने तथा रिमोटबाट चल्ने रोबोटलगायत ३७ किसिमका आकर्षक प्रविधि तयार पारिएको बताइएको छ ।
|