http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
देशको आर्थिक क्रान्तिका लागि गैरआवासीय नेपाली

खेमराज रानाभाट
09 February, 2010
लिस्बोन,पो


लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई  अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन। अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखेका, विचारवान, चिन्तनशील जोशिला युवा-युवतीहरू सोही समाजमा क्रियाशील हुने वातावरण रहेमा, बनाइएमा र त्यही समाजमा कुनै पेशा अँगाली आफ्नो सक्रिय जीवन बिताउने हो भने देश र समाजले समय सापेक्षित अनुमान गरेको समय-सीमाभित्रै अग्रगामी फडको मार्न सक्दछ। आज नेपाल स्थिति ती विचारवान केही गरू भन्ने जोशिला उमेरका नागरिकलाई  देशमै बसी केही गरौ गरौ नभई  दिन प्रतिदिन रोजगारीका लागि आर्थिक सम्पन्नताका लागि या राम्रो अवसरको खोजिमा विदेश पलायन हुने क्रम  बढ्दो छ। निश्चल नै देश र समाज परिवर्तनको लागि  यो राम्रो संकेत होइन। यो विदेशिने क्रमलाई  रोक्नका लागि देशले विभिन्न अवसरहरूको सृजना गरी हरेक गाउँटोल, बस्ती र शहरलाई बसौं बसौं  बनाउन पर्दछ र हर-नागरिकको भोलीको भविष्यप्रति आश्वस्त हुने वातावरण सृजना गर्नु पर्ने हुन्छ।



नेपाल अहिले संक्रमणकालमा छ र प्राप्त ऐतिहासिक राजनैतिक उपलब्धीलाई कसरी स्थायी व्यवस्थापन गर्ने भन्ने गहन जिम्मेवारी राजनैतिक दलहरुमा आएको छ ।  समय-सीमाभित्र जनताले दिएको संविधान लेखनको  ऐतिहासिक जिम्मेवारी दलहरुले पुरा गर्नु पर्नेछ ।  तर हरेक राजनैतिक परिवर्तनको टिकाउका लागि समाजमा आर्थिक परिवर्तन ल्याउनु अत्यावश्यक हुन्छ। त्यसैले हामीले प्राप्त गरिरहेका राजनैतिक परिवर्तनको स्थायित्त्वको लागी आर्थिक क्रान्तिको शुरूवात गर्न अब ढिलो गर्नु हुदैन।
हरेक देशका आ-आफ्नै समस्या र बाध्यताहरू हुन्छन। हो नेपालसंग पनि आज दैनिक प्रशासनिक खर्च, शिक्षा, स्वास्थ्य, सुरक्षा, कुटनैतिक सम्पर्कलाई  धान्न पुग्ने आय पनि छैन। त्यही दैनिक प्रशासनिक खर्च चलाउनलाइ पनि विदेशीसँग सहयोग ऋणका लागि  हात फैल्याउनु पर्ने अवस्था छ नेपालसँग। कुनै पनि राष्ट्रले उसका नागरिक माथि कर लगाइ उठाएको पैसा विना उद्देश्य निश्वार्थ भावनाले अरू देशको विकासका लागि  खर्च गर्दैन किन कि त्यो राष्ट्र  पनि आफ्नो देश र जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्दछ। आजको संसार भनेको अरू देशमाथि उपनिवेश कायम गरी त्यहाँको साधन स्रोत माथि कब्जा गरी आफ्नो देशको विकासमा लगाउने समय नभई  विकसित राष्ट्रहरूले आफु अनुकूलको नीति नियमहरू बनाइ विकासोन्मुख र अविकसित राष्ट्रहरूलाइ ऋण र सहयोगको विभिन्न बाहना र शर्तमा प्रत्यक्ष वा अप्रत्यक्ष ती नीति नियमहरू अवलम्वन गर्न लगाई  ती विकाशील राष्ट्रहरूलाई  सधै आफ्नो बजार बनाइ राख्ने नै हो।


नेपालले योजनाहरू प्रस्तुत गरी देश विकाश गर्ने जमर्को गरेको आज पाँच दशक भन्दा बढी भइसक्यो। तर विकास खर्चको लागि सधै दाता राष्ट्र र बहुराष्ट्रिय कम्पनीहरूसँग मात्र भरपर्नु पर्ने हुदा देश विकासको लागि  आवश्यक क्षेत्रमा रकम अभाव हुने र योजनामा प्राथमिकता दिइ राखिएको क्षेत्रमा पनि विदेशी राष्ट्रहरूले ऋण, सहयोग पत्याएमा मात्र रकम उपलब्ध हुने अवस्था छ। त्यसैले नेपालले प्रस्तुत गरेको आजसम्मका योजनाहरू कागजमा राम्रो नै प्रस्तुत गरिएता पनि योजनामा उल्लेख गरे अनुसारको सफलता कहिलै प्राप्त भएको छैन। ती दाता राष्ट्र र कम्पनीहरूको शर्त नमान्ने र नेपालले प्रस्तुत गरेको शर्त अनुसार ऋण, सहयोग दिए मात्र लिन्छौ नत्र चाहिदैन भन्न सक्ने अवस्थामा नेपाल नरहेको हुदा उनीहरूले जे-जसरी दिन तयार हुन्छन त्यसरी नै स्वीकार गर्नु पर्ने अवस्था छ नेपालसँग।


नेपालको यस लगानी अभावको जटिल परिस्थितीमा प्राकृतिक साधन, स्रोत र सुन्दरताले सम्पन्न हाम्रो देश नेपाल शान्त, समृद्ध, सभ्य र सु-सस्कृत राष्ट्र पनि बनोस भन्ने चाहना राख्ने संसारका विभिन्न राष्ट्रहरूमा छरिएर बसेका लाखौं गैर आवासीय नेपालीहरू नयाँ नेपालको आर्थिक क्रान्तिका लागि बलियो सहयात्री बन्न सक्छन। विभिन्न राष्ट्रहरूमा जीवन बिताइ रहेका धेरै जस्तो नेपालीहरू उनीहरू नेपालमा रहदाको अवस्थामा भन्दा आर्थिक रूपमा सम्पन्नता प्राप्त गर्दैछन। तर उनीहरूबाट आर्जित रकमको उपयोग अधिकतम घर-घडेरी खरीदमा मात्र सीमित भएको देखिन्छ।


यसो हुनुमा एक हद सम्म हाम्रा सामाजिक इज्जत र प्रतिष्ठा हेरिने दृष्टिकोण पनि दोषी छ। किन कि कसले के कति घडेरी जोडयो र कसको कतिको ठुलो घर छ त्यसका आधारमा हाम्रो समाजमा सामाजिक इज्जत र प्रतिष्ठा दिने प्रचलन छ। यसरी लाखौं अर्बौं रूपैया घर घडेरीमा लगानी गरी लामो समयसम्म अनुउत्पादनशील रूपमा रहेको पाइन्छ। तर त्यही रकम विभिन्न कम्पनी र साना-ठुला उधोगधन्दा सञ्चालन  लगाउने हो भने त्यसबाट ब्यक्तिगत रुपमा लगानी कर्तालाई घर-घडेरीबाट भन्दा बढी प्रतिफल प्राप्त  हुन्छ र नेपाली भएको नाताले संसारको जुन सुकै कुनामा रहे पनि एक समृद्ध राष्ट्रको नागरिकको रुपमा  शिर उच्च गरी ज्युउने वातावरण सृजना गर्ने उत्तरदायित्व पुरा गरेको पनि ठहरिन्छ । त्यसैले गैर आवासीय नेपालीहरुको साझा संगठन ,जसको प्रमुख उद्देश्य नेपालीले विदेशमा रहदा बस्दा आर्जन गरेको आम्दानी शीप र अनुभवलाई नेपाल भित्र्याउने छ, गैर आवसिय नेपाली संघ र यस अन्तर्गतका राष्ट्रिय समन्वय समितिले आफु अवस्थित देशमा गैर आवासीय नेपालीहरुबीच  कसरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने भन्ने छलफल गरी बढी भन्दा बढी लगानी भित्र्याउने अभियानको नेतृत्व सशक्त रुपमा अगाडि बढाउनुपर्दछ। गैर आवासिय नेपालीहरुको पर्यटन उधोग , जलबिद्युत, शिक्षा,  आवश्यक आदि  जस्ता क्षेत्रहरुमा लगानी गर्नु फलदायी  देखिन्छ ।


पर्यटन प्रवर्द्वनका लागि एन आर एन राष्ट्रिय समन्वय समितिले आफु अवस्थित राष्ट्र मा नेपाल पर्यटन  बोर्डसँग समन्वय  गरी देशको प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल र नेपाली कला संस्कृतिको जानकारी गराउन समय समयमा प्रदर्शनी  राख्नुपर्दछ । जुन प्रर्दशनीमा नेपाली उत्पादन का साथै र नेपाली परिकारको प्रर्दशनी  समेत गरी नेपाली वस्तुहरुलाई विश्व बजारमा विस्तारका लागि सहयोग पुर्Юयाउन सकिन्छ ।


यसको साथ-साथै विश्वको ख्याती प्राप्त टि भि च्यानलहरु बी बी सी/ सी एन एन जस्ता च्यानलबाट नेपालको कला,संस्कृति, भौगोलिक विविधता र प्रकृतिक सुन्दरता झल्कने  देशको विज्ञापन प्रसारण गर्नलाई नेपाल सरकारसँग मिलि  सम्पूर्ण गैर आवासीय नेपालीहरुको सानो सहयोगबाट पनि यो महत्वपूर्ण काम पुरा गर्न सकिने देखिन्छ । जुन विज्ञापनले संसार भरि नेपाल कहाँ र कस्तो देश भन्ने जानकारी सम्पूर्ण विश्ववासीले थाहा पाउनुका साथै नेपालमा ठुलो संख्यामा  पर्यटक भित्र्याउन मद्धत पुर्Юयाउछ ।
त्यसैगरी गैर आवासीय नेपालीहरुको आज घर घडेरी खरिदमा मात्र लगाईरहेको बचत रकम साना-ठुला जलबिद्युत आयोजना सञ्चालन, स्कुल, कलेज, युनिभर्सिटी खोल्न र सञ्चालनका लागि र विभिन्न स्तरका स्वास्थ्य केन्द्र र अस्पताल स्थापना र सञ्चालनका लागि लगानी गर्ने हो भने देशले विकास खर्चका लागि आज भोगी रहेको रकम अभावबाट ठुलै राहत पाउने थियो र देश विकासका लागि खाली दाताराष्ट्र र बहुराष्ट्रिय कम्पनिहरुमा भर पर्नु पर्ने बाध्यतामा गुणात्मक रुपमा कमि आउने थियो ।


देशमा एक मात्र सन्चालित केबुलकार-मनकामना केबुलकार जुन आज अत्यन्त नाफामा चलेको देखिन्छ, जस्तै अन्य विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुमा केबुलकारको व्यवस्था विभिन्न स्तरका होटल रिसोर्टहरु चलाउन गैर आवासीय नेपालीहरुले पहल गर्ने हो भने आन्तरिक तथा वाहय पर्यटकको संख्या बढाउन ठुलो मद्धत पुग्दछ । तसर्थ हरेक देशको एन आर एन राष्ट्रिय समन्वय समितीले यसको अन्तरराष्ट्रिय समन्वय समितीसँग समन्वय गरी सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै थोरै लगानीका लागि तयार गराउन सकिएमा देशमा ठुलो मात्रमा देशलाई आवश्यक ठाउँमा लगानी भित्र्याउन सकिन्छ । साथै सम्पूर्ण गैर आवसीय नेपालीहरुले आफ्नो मातृभुमिको समृद्दिको लागि देशभित्रै रही आफ्नो सक्रिय जीवन बिताई नरहेको यस अवस्थामा सानो ठुलो लगानीकर्ताका रुपमा देशलाई आवश्यक  क्षेत्रमा लगानी गर्न पक्कै तयार हुने छन । जसबाट नेपाली भएको आफ्नो उत्तरदायित्व पुरा पनि हुन्छ र संसारको जुन सुकै कुनामा रहेर आफ्नो जीवन गुजारी रहेपनि आफ्नो देशको विकासमा हातेमालो गरेमा सम्पूर्ण तपाईं हामी गैर आवासीय नेपालीहरुको जीवन सार्थक हुन्छ र राष्ट्रप्रतिको कर्तब्य पुरा गरेको पनि ठहरिन्छ ।


त्यसैले अब ढिलो नगरिकन सम्पूर्ण देशको एन आर एन राष्ट्रिय समन्वय समितीले आफुसँग रहेका नेपालीहरुलाई लगानीका लागि तयार गरी देशलाई  आवश्यक आर्थिक क्रान्तिमा सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई महत्वपूर्ण सहयात्री बनाउनका लागि नेतृत्वदायी  भूमिका निभाउनु पर्दछ ।
लेखक एन आर एन पोर्तुगलको महासचिव हुनुहुन्छ ।

विचार विश्लेषण अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker