http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
नयाँ संविधान र संघीयताको अन्तरसम्बन्ध

मोहनविक्रम िसंह
10 March, 2010
काठमाडौं


हामीले संविधानसभाद्वारा तोकिएको समयभित्र नै संविधानको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ । तर त्यसका साथै हामीले संघीयताको पनि लगातार दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आइरहेका छाँै । यी दुवै पक्षका बीचको सम्बन्ध र अन्तरसम्बन्धबारे केही स्पष्टताको आवश्यकता छ ।
अहिले संविधानसभामा संघीयता पक्षधर राजनीतिक शक्तिहरुको नै अत्यधिक बहुमत छ । अन्तरिम संविधानमा संघीयताको अवधारणालाई स्वीकार गरिएको छ र संविधानसभाले पनि संघीयताका पक्षमा निर्णय गरिसकेको छ । संविधानसभाका विभिन्न समिति वा उपसमितिले पनि संविधानका जुन मस्यौदा प्रतिवेदन तयार पारेका छन् ती सबैमा संघीयतालाई नै स्वीकार गरिएको छ । यी सबै कुराहरुको निष्कर्ष के निस्कन्छ भने अहिले संविधानसभाले जुन संविधानको निर्माण गर्नेछ त्यो संघीयताका पक्षमा हुने नै बढी सम्भावना छ । त्यो अवस्थामा हामीले तोकिएको समयभित्र नै संविधान बन्नुपर्दछ भनेर जुन जोड दिने गरेका छौँ के त्यसको अर्थ पनि प्रकारान्तरले हामीले पनि संघीयताको पक्षमा बन्ने संविधानको निर्माणमा नै जोड दिएका छौँ भन्ने हो निश्चत रुपले तत्कालको अवस्थामा संविधानको निर्माणको अर्थ संघीयताको पक्षधर संविधानको निर्माण नै हुन्छ । तर त्यसको अर्थ हामीले संघीयतालाई समर्थन गर्दछौँ भन्ने अवश्य पनि होइन ।
हाम्रो यो स्पष्ट र दृढ मत छ कि गणतन्त्रको सुदृढीकरण वा त्यसलाई संस्थागत गर्ने कार्यहरु अहिलेको प्रधान र ऐतिहासिक महत्वका कार्य हुन् । देशमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भइसक्यो । तर देशमा अझै पनि राजावादी शक्तिहरु सकि्रय छन् र उनीहरुले राजतन्त्रको पुनस्र्थापनाका लागि आन्दोलन गरिरहेका छन् । त्यो अवस्थामा गणतन्त्रलाई सुदृढ र संस्थागत गर्ने कार्य निर्णयात्मक महत्वको कार्य बन्न जान्छ । त्यो कार्य पूरा गर्नका लागि संविधानको निर्माण अत्यन्त महत्वपूर्ण कार्य बन्न जान्छ । अहिलेको अवस्थामा संविधानको निर्माण हुन सकेन भने गणतन्त्रलाई सुदृढ र संस्थागत गर्ने काम अधुरो रहनेछ र त्यो अवस्थामा राजावादीलाई राजतन्त्रको पुनस्र्थापना गर्ने कार्यमा बल पुग्नेछ । त्यही कुरालाई ध्यानमा राखेर अहिले बन्ने संविधान संघीयताका पक्षमा नै बन्ने बढी तर पूरै होइन सम्भावना भए पनि हामीले तोकिएको समयभित्र संविधानको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ । तर त्यसका साथै संघीयताका विरुद्ध हाम्रो सङ्घर्ष लगातार र सम्झौताहीन किसिमले अगाडि बढिरहनेछ । प्रथमतः हामीले संविधानसभाद्वारा बन्ने संविधानमा संघीयतालाई स्वीकार नगरियहोस् भन्ने कुरामा जोड दिने छौं । द्वितीय संविधानसभाले त्यस प्रकारको निर्णय गरेता पनि भविष्यमा त्यस प्रकारका निर्णय खारेज गराउनका लागि हामीले आफ्नो सङ्घर्षलाई लगातार अगाडि बढाइरहनेछौँ ।
अहिले देशमा संघीय व्यवस्था लागू भइसकेको छैन । तैपनि संघीयतासम्बन्धी अवधारणाले देशमा जुन प्रकारको अवािाछत प्रकारको स्थितिको सिर्जना गर्दै गइरहेका छन् त्यसबाट देशमा संघीय व्यवस्था लगू भएमा त्यसका दुष्परिणाम के हुनेछन् त्यसको आभाष मिल्न थालिरहेको छ । देशमा जातीय र क्षेत्रीय तनाव वा द्वन्द्व बढ्दै गइरहेका छन् । पृथकतावादी सोचाइ बढ्दै गइरहेका छन् । विभिन्न दिशा र रुपमा देशलाई टुक्र्याउने प्रयत्न देखा पर्न थालिरहेका छन् । त्यो अवस्थामा यो आशा गर्ने ठाउँ छ कि जसले पहिले संघीयताको पक्षमा आफ्ना विचार प्रकट गरेका थिए उनीहरुले पनि संघीयतासम्बन्धी आफ्ना पहिलेका विचारमा पुनर्विचार गर्नेछन् । त्यस प्रकारका सोचाइहरु बढ्दै गएमा संविधानसभामा संघीयतालाई अस्वीकार गर्नका लागि मद्दत पुग्नेछ । त्योबाहेक हामीले संघीयतालाई पूरै खारेज गराउन सफल नभए पनि त्यससित जोडिएर आएका कतिपय अवधारणालाई स्वीकृत हुनबाट रोक्न सक्यौँ भने पनि त्यो कमसे कम आंशिक सफलता हुनेछ ।
उदाहरणका लागि अहिले संघीयतासित जातीय राज्य आत्मनिर्णयको अधिकार पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार एक मधेसः एक प्रदेश जस्ता अवधारणा जोडिएर आएका छन् । अब संघीयतासित बहुराष्ट्रिय राज्यको अवधारणा पनि जोडिएर आएको छ । संविधानसभाद्वारा त्यस प्रकारका गलत अवधारणालाई पारित हुनबाट रोक्न सकियो भने पनि संघीयताका विरुद्धको आन्दोलनका ती महत्वपूर्ण उपलब्धी हुनेछन् । त्यसकारण हामीले एकातिर संघीय व्यवस्थालाई सम्पूर्ण रुपले अस्वीकार गराउनका लागि प्रयत्न गर्नुका साथै तिनीहरुभित्रका विभिन्न गलत अवधारणालाई पनि एकएक गर्दै अस्वीकार गराउनका लागि प्रयत्न गर्दै जानुपर्दछ ।
संघीयताका विरुद्धको हाम्रो आन्दोलन यो दृढ विश्वासमाथि टिकेको छ कि त्यो व्यवस्था देशको लागि उपयुक्त छैन । त्यसैले प्रारम्भमा विभिन्न राजनीतिक दलले फैलाएका भ्रमका कारणले जनतामा त्यसको केही असर परेको भए पनि जनताको चेतना उठ्दै जानुका साथै संघीय व्यवस्थाका दुष्परिणामहरु बारे उनीहरुलाई ज्ञान हुनुका साथै उनीहरु त्यसका विरुद्ध अगाडि आउन थाल्नेछन् । व्यवहारले त्यो कुरा प्रमाणित गर्दै पनि लगिरहेको छ । प्रारम्भिक दिनहरुमा संघीयताका पक्षमा थोर बहुत जनमत वा समर्थन भएको भए पनि अब संघीयताका विरुद्ध व्यापक जनमत तयार हुँदै गएको छ । यहाँसम्म कि विभिन्न राजनीतिक दलका पहिले संघीयतालाई समर्थन गर्ने नेतृत्व तहले पनि त्यसबारे पुनर्विचार गर्न थालेको पाइन्छ । जहाँसम्म संघीयतासित जोडिएका जातीय राज्य आत्मनिर्णयको अधिकार एक मधेसः एक प्रदेश वा बहुराष्ट्रिय राज्यको प्रश्न छ तिनीहरुका विरुद्ध व्यापक जनमत तयार हुँदै गइरहेको छ । स्वयम् संघीयतालाई समर्थन गर्ने राजनीतिक दल संघसंस्था वा व्यक्तिमा पनि त्यस प्रकारका धारणाबारे विरोधका स्वर बढ्दै गइरहेका छन् । यी सबैको परिणामस्वरुप देशमा संघीयताका विरुद्ध व्यापक जनमत तयार भएको र संघीयताका विरुद्धको आन्दोलनले झन् पछि झन् उच्च चरणमा विकास गर्दै गएको कुरा प्रष्ट हुँदै गएको छ ।
त्यसरी हामीले दुईवटा आन्दोलनलाई एकैसाथ अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ । प्रथम गणतन्त्रलाई सुदृढ र संस्थागत पार्नका लागि सङ्घर्ष र द्वितीय संघीयताका विरुद्ध सङ्घर्ष । तर तत्काल हाम्रो पहिलो जोड गणतन्त्रलाई सुदृढ र संस्थागत गर्ने कार्यप्रति नै छ । त्यसैले जुन राजनीतिक शक्तिसित संघीयताको प्रश्नमा हाम्रो मतभेद छ उनीहरुसित पनि हामीले एकता वा समझदारी बनाएर संविधानको निर्माण तथा गणतन्त्रलाई सुदृढ र संस्थागत पार्नका लागि प्रयत्न गर्नेछौँ । तत्कालिक दृष्टिकोणले यो प्राथमिक महत्वको कार्य बन्न जान्छ किनभने यदि यो कार्य असफल भयो भने देशले प्रतिगमनको दिशा समात्नेछ र हामीले पुनः लामो र कठीन सङ्घर्षको बाटो समात्नुपर्नेछ । जहाँसम्म संघीयताका विरुद्धको प्रश्न छ त्यो सङ्घर्ष गणतन्त्र कायम भइसकेपछि पनि लामो समयसम्म चल्ने सङ्घर्ष हो । तत्काल संविधानसभाले संघीयता वा त्यससित जोडिएका कतिपय गलत अवधारणालाई स्वीकार गर् यो भने पनि त्यहीँ हाम्रो सङ्घर्षको अन्त हुनेछैन र संघीयताका विरुद्धको हाम्रो सङ्घर्ष लगातार अगाडि बढिरहने छ । तत्काल वा केही पछि भए पनि देश र जनताले संघीयतालाई अस्वीकार वा खारेज गर्नुपर्नेछ किनभने त्यो नेपालका लागि उपयुक्त छैन र त्यसका गम्भीर प्रकारका दुष्परिणाम हुनेछन् । त्यसैले हामीलाई पूरा विश्वास छ अन्तमा जनता त्यसका विरुद्ध उठ्नेछन् र त्यसलाई खारेज गर्नेछन् । जहाँसम्म राजावादीहरुद्वारा राजतन्त्रको पुनस्र्थापनाका लागि गरिरहेका प्रयत्नहरुको प्रश्न छ त्यो पनि एउटा असफल कसरत मात्र हो । विश्वको परिप्रेक्ष्य र नेपालका जनताको चेतनामाथि समेत ध्यान दिँदा अन्ततः देश प्रतिगमन होइन अग्रगमनको दिशामा नै अगाडि बढ्ने कुरा निश्चित छ र संसारको कुनै शक्तिले अग्रगमनको त्यो दिशालाई रोक्न वा पछाडि फर्काउन सक्दैन ।

विचार विश्लेषण अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker