http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
केन्द्रीय सदस्यमा उठ्दैछु

इन्दिरा कार्की, केस नेपाल महिला संघ
01 September, 2010
काठमाडौं


नेपाल महिला संघकी केन्द्रीय सदस्य इन्दिरा कार्की इन्दु नेपाली कांगे्रसको १२ औं महाधिवेशनमा केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिने तयारी गरिरहेकी छन् । महधिवेशन नजिकिएकाले उनको दौडधूप चर्को छ । नेतृत्व विकासमा महिलालाई कागजीरुपमा मात्र होइन व्यावहारिक रुपमा अघि बढाउनुपर्ने एजेन्डासहित कार्की चुनावी मैदानमा उत्रने भएकी छन् । मोरङलाई राजनीतिक पृष्ठभूमि बनाएर नेपाली कांगे्रसमा दुई दशकदेखि सकि्रय कार्कीसँग कुमार राउतले गरेको कुराकानी ः
० आपुनो परिचय कसरी दिनुहुन्छ ?
- मेरो नाम इन्दिरा कार्की मलाई इन्दु भनेर चिन्छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न भएँ । ०४६ सालदेखि चाहिँ सकि्रय राजनीतिमा छु ।
० राजनीतिक पृष्ठभूमि कस्तो हो  ?
- बुबा नेपाली कांगे्रसमा हुनुहुन्थ्यो । दाइहरु अर्को पार्टीमा भए पनि राजनीतिमै संलग्न हुनुहुन्थ्यो ।
० विद्यार्थी राजनीति भन्नाले नेविसंघमा हुनुहुन्थ्यो  ?
- हो त्यसबेला हामी नेविसंघको भोटर मात्र थियौं ०४६ सालदेखि मात्र सकि्रय भएँ ।
० अध्ययन कहाँ गर्नुभयो ?
- वीरगन्जको ठाकुरराम क्याम्पसबाट उच्च अध्ययन सकें ।
० राजनीतिमा कुन पदसम्म पुग्नुभयो  ?
- विद्यार्थी राजनीतिपछि वडास्तरबाटै सकि्रय भएँ । दुईपटक महासमिति सदस्य भइसकें । अहिले महिला संघको केन्द्रीय सदस्य छु । सामाजिक रुपमा भन्दा जिल्ला शान्ति समितिमा सदस्य छु । सहकारी विकास बोर्ड सदस्य पनि भएँ स्कुलहरुमा साचालक समितिमा छु ।
० राजनीतिमा लागेर के पाइयो जस्तो लाग्छ  ?
- राजनीति भनेको समाज सुधार पनि हो । पाउने र गुमाउने कुरा केही छैन । मैले पार्टीका लागि गर्नुपर्ने भूमिका सकि्रयतापूर्वक नै गरेको छु जस्तो लाग्छ । नाम पाएको छु सन्तुष्ट छु ।
० पार्टीमा धेरै काम गरें केही पाइन भन्ने गुनासो हुन्छ तपाईं के भन्नुहुन्छ  ?
- एक हदसम्म त ठीकै होला । जसले जति मेहनत गरेको हुन्छ त्यसैअनुसार मूल्यांकन होस् भन्ने आशा गरेको हुन्छ । त्यस हिसाबमा भन्ने हो भने मैले पनि केही पाएकी छैन तर पनि म निरन्तर काम गरिहेको छु गरिरहने छु ।
० निःस्वार्थ राजनीति गर्न सकिँदैन  ?
- समाज सुधारका लागि निःस्वार्थ नै काम गरिरहेका हुन्छौं । पार्टीमा लाग्दा निःस्वार्थ नै लाग्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता हो । तर आपुूभन्दा कमजोर क्षमताहीन र जुनियरहरुलाई माथि लान थालियो भने मानवीय स्वभाव हो अलिकति खिन्न त भइन्छ नै ।
० महिला संघको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । बाँकी भूमिका त आपंैुले निर्धारण गर्नुपर्ने होइन र  ?
- पार्टीकै लागि भनेर निरन्तर लागिनै रहेकी छु । भूमिका भनेको त्यही हो ।
० पार्टीले दिएन भनेर गुनासो गर्नुभन्दा क्षमता देखाउनुपथ्र्यो नि  ?
- क्षमता देखाइसकेकी छु मैले । पार्टीले अब भूमिका दिन्छ भन्ने आशा राखेकी छु । शीर्ष नेताहरुले पार्टीका सकि्रय कार्यकर्ताको मूल्यांकन गर्नुहोला भन्ने आशा छु ।
० पार्टीले कार्यकर्ताको मूल्यांकन नगर्नुको कारण के  ?
- सत्य तीतो हुन्छ इमानदार कार्यकर्ताहरु जिल्ला-जिल्लामा काम गरिनै रहेका हुन्छन् । तर नेताका वरिपरि बस्नेहरुले नेतालाई गुमराहमा राखिरहेका हुन्छन् । नेताले वरिपरि घुम्नेलाई भन्दा फिल्डमा खट्नेलाई अवसर दिनुपर्छ ।
० यो विश्वास गर्ने आधार के  ?
- पार्टी कमजोर हुँदै जानुमा राजधानी र नेता केन्द्रित कार्यकर्ता नै हुन् भन्ने लाग्छ । गत संविधानसभाको निर्वाचनले देखाइ पनि सकेको छ । यसर्थ नेताहरुले यो कुरा बुझिसक्नुभएको छ ।
० बाहिरबाट हेर्दा पार्टी संस्थागत हुन नसकेको जस्तो लाग्दैन  ?
- पार्टी अब संस्थागत हुनुपर्छ अबको महाधिवेशनमा जुन नेतृत्वले जित्छ उसले सबैलाई समेटेर लगेन भने पार्टी चल्दैन इतिहासमात्र बच्छ ।
० पार्टीभित्र विभाजनको रेखा अहिले पनि मेटिएको छैन भन्ने कुरा महसुस गर्नुभएको छ  ?
- इतिहासको गौरवगाथा बोकेको नेपाली कांगे्रसलाई युग पुरुषहरुले नेतृत्व गरेको हुनाले अरु पार्टीसँग यसलाई दाँज्न मिल्दैन । विगतमा विविध कारणले पार्टी विभाजित हुन पुग्यो । त्यसको तुष बाँकी हुनसक्छ । विभाजनको रेखा अथवा गुटबारे मलाई त्यत्ति थाहा छैन यदि छ भने पनि त्यो हुनुहँुदैन ।
० त्यो रेखा मेटिन्छ  ?
- हामीजस्ता कार्यकर्ताले त्यस्तो हुन दिनुहुँदैन मेटाउनुपर्छ । आदरणीय नेताहरुप्रति हामी विश्वास गर्छौं ।
० यो अधिवेशनको एजेन्डा के बनाउनुपर्छ  ?
- सहमतिको कुरो त छँदैछ । जाति भाषा िलंग सबै वर्गलाई पार्टीले समेटेको छ । यसलाई अब सबैको पार्टी बनाएर अगाडि बढाउनुपर्छ । महिलालाई अझ बढी समेट्नुपर्छ । यति प्रतिशत महिला जिल्लामा आउनैपर्छ भनेर विधानमा संशोधन गर्नुपर्छ ।
० महाधिवेशनमा नेतृत्व तहमा उम्मेदवारी दिने सोच बनाउनुभएको छ  ?
- केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु । साथीहरुको सहयोगको आशा गरेकी छु ।
० खुलाबाट उम्मेदवार दिनुहुन्छ  ?
- होइन आरक्षण कोटामा उम्मेदवार दिन्छु । साथीभाइसँग सरसल्लाह पनि गरिरहेको छु उनीहरुले जे सल्लाह दिन्छन् त्यसै गर्छु ।
० तपाईंलाई किन मत दिने  ?
- साथीहरुमाझ परिचित नभएको भए अथवा पार्टीमा नलागेको भए मत नदिने कुरा हुन्थ्यो । पार्टीमा निरन्तर छु साथीहरुको सम्पर्कमै छु । इन्दु कार्की नेतृत्वमा पुगी भने उसको भूमिका हुन्छ महिला अधिकारको पक्षमा काम गरिरहेकी छे भन्ने सबैलाई थाहा पाएका छन् । पार्टी संगठन सुदृढीकरण गर्न सक्षम छे भनेर मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ ।
० महिलाको विकास भनेको  ?
- जनचेतना फैलाउने नेतृत्व विकास र सीपमूलक कार्यक्रम दिएर महिलालाई अगाडि बढाउने हो ।
० आरक्षण ठीक हो  ?
- आरक्षण र खुलामा पनि महिला सिट हुनुपर्छ । राष्ट्रियस्तरका महिलाहरुले खुला सिटमा जानुपर्छ । राष्ट्रियस्तरमा परिचय बनाएकाहरु खुला कोटामा जानुपर्छ । उहाँहरुले हामी जस्ता उत्साही अथवा केही गरौं भन्ने महिलालाई आरक्षणमा सहयोग गर्नुपर्छ ।
० महिला सकि्रयता कतिको बढेको छ  ?
- आरक्षण दिएर महिला समेट्ने प्रयास भएको छ । तर त्यो पनि कागजी रुपमा मात्र छ । व्यावहारिक रुपमा महिलालाई प्रशिक्षित गर्ने उत्साह भरिदिने र नेतृत्वमा अघि बढाउने काम भएको छैन । अब त्यस्तो हुनुहुँदैन ।
० सक्षम नभएर हो कि  ?
- त्यसो होइन । पहिले अवसर दिनुपर् यो नि त्यसपछि थाहा हुन्छ सक्षम छन् कि छैनन् भनेर । अवसर नै नदिई कसरी मूल्यांकन हुन्छ
० कति जिल्ला घुम्नुभएको छ  ?
- ठ्याक्कै यति भन्न त गन्नैपर्छ । पश्चिमतिर गएको छैन पूर्वका प्रायः सबै जिल्लामा पुगेकी छु । पार्टीले खटाएका हरेक जिल्लामा पुगेकी छु ।
० तपाईंको माइती  ?
- मेरो खास माइती गाउँ सर्लाही हो । तर अहिले सबै काठमाडौंतिर बसोबास गर्नुहुन्छ । घरको कुरा गर्नुहुन्छ भने मेरो विराटनगरमा विवाह भयो । मेरो एक छोरा एक छोरी छन् ।
० छोराछोरी के गर्छन् ?
- छोरा नेपाली सेनामा कप्तान छ छोरी एमबीएस पढ्दैछिन् ।
० श्रीमान्  ?
- राजनीतिमै संलग्न हुनुहुन्छ । महिलालाई अघि बढाउनुपर्छ भनेर उहाँकै प्रोत्साहनले म पनि राजनीतिमा संलग्न भएको हुँ ।
० के नाम  ?
- शालिक कार्की ।
० पे्रम विवाह  ?
- होइन मागी विवाह हो ।
० कसरी सम्भव भयो  ?
- दाइहरु ठाकुरराम क्याम्पसमा रिडर हुनुहुन्थ्यो । श्रीमान्को साथी पनि त्यहाँ हुनुहुन्थ्यो । साथीसाथीको चिनजानबाट विवाह भएको हो ।
० दुवैजना राजनीति गर्दा घर सम्हाल्ने कुरामा झगडा भएन  ?
- मैले त्यस्तो कुनै समस्या झेल्नुपरेन । छोराछोरी होस्टल बसेर पढे । श्रीमान्ले जहिले पनि हौसला दिनुहुन्थ्यो कहिले नराम्रो भएन । म यहाँसम्म आइपुग्नुमा योगदान श्रीमान्कै हो ।

व्यक्ति/व्यक्तित्व अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker