हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद्को वाषिर्क कार्यक्रम अर्न्तगत आयोजित तथा "शान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान, राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शान" भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन यही ६ मार्च २०१० का दिन बेल्जियमस्थित आन्त्वारपेन शहरमा भव्यता साथ सम्पन्न भएको छ ।