४ बैशाख २०८१, मंगलवार
Follow Us

‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाए

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७८, शुक्रबार २१:०१

नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाएका छन्। दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ। माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ ।

मेल र फिमेल भर्सनमा तयार पारिएको गीतको भिडियोको बाँकी कथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियोमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घट्नालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केही रहस्यहरु छाडिएको छ।

किरण कंडेलको एरेन्ज रहेको गीत आफ्नो मनको नजिकको गीत भएकाले पुन रेकर्ड गरेर बजारमा ल्याएको संगीतकार तथा गीतकार सिलवालले बताए। उत्सब दहालको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।