२५ बैशाख २०८१, मंगलवार
Follow Us

इतिहासमा नै पहिलो पटक देशमा बजेट विहीनताको अवस्था

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७८, बिहीबार ०८:५७

काठमाडौं । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित नभएपछि बजेटविहीनताको अवस्था आएको हो । विक्रम सम्बत २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो ।

नेपालको बजेटरी इतिहासमा नै पहिलो पटक ‘बजेट सून्यता’को अवस्था आएको छ । सरकारले आगामी असोज चार गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमार्पmत सो विधेयक पारित गराउने अपेक्षा गरेको छ । प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले अनुमोदन नगरेसम्म बजेटविहीनताको अवस्था रहन्छ । यो अवस्थाले संविधानको धारा १ सय १७ बमोजिम संघीय सञ्चित कोषमा व्ययभार हुने रकम निकासा हुन पाउँदैन । अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्पmत जेठ १५ गते पेस गरेको बजेट बुधबारभित्र संसद्बाट पारित भइसक्नुपर्ने थियो ।

सविधान अनुरूप कुनै पनि अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुन्छ तर अध्यादेशको स्थानमा प्रतिस्थापन विधेयकलाई भने संसद्ले स्वीकार गरेको छ । विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि संघीय सरकारी खर्च रोक्का भएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दलले संसदीय कारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।