१३ असार २०८१, बुधबार
Follow Us

इटहरीमा छुरा प्रहार गरी एक युवाको हत्या

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७८, शनिबार ०५:२५

इटहरी । सुनसरीको इटहरीमा हिजो (शुक्रबार) दिउँसो छुरा प्रहारबाट एक युवाको हत्या गरिएको छ। इटहरी ३ सुनौलो बस्तीका २२ वर्षीय राजु थापाको हत्या गरिएको हो।

स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले छिमेकी थापालाई सामान्य विवादमै छुरा हानेका हुन्। राजुका भाइ दिपेश र अधिकारीबिच घाँसको बारेमा भएको विवाद मिलाउन पुगेका राजुलाई छातीमा छुरी प्रहार गरिएको थियो।

उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। अधिकारी र राजुका भाइ दिपेश इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्।