१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेलिनाको ‘जीवन गीत’मा आरोशी र दीपेश

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७८, सोमबार १३:०६

काठमाडौं । मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

जीवन दर्शन र जीवनको यथार्थलाई प्रस्तुत गरिएको गीतमा लामो समय देखि जापानमा बस्दै आएका मुर्तिकार मन्जुल मितेरीको शब्द , संगीत रहेको छ। वादल लिम्बुले गीतलाई संगीत संयोजन गरेका हुन् ।

भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन्। अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन्।

ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको यस भिडियोलाई गीतकार सरिता लिङ्देनले निर्देशनमा तयार पारिएको हो। हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।