१ श्रावण २०८२, बिहीबार
Follow Us

पारस शाहको निवासमा चोरी

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७८, सोमबार १३:१०

पोखरा । पूर्वयुवराज पारस शाहको पोखराको लेकसाइडस्थित निवासमा चोरी भएको छ । बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

प्रहरी अनुसन्धानमा गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

धेरै पढिएको