१ श्रावण २०८२, बिहीबार
Follow Us

पूर्वमिस नेपाल खतिवडाले बुबालाई दिइन् यस्तो सन्देश

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७८, शनिबार ०९:५५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा विरोध खतिवडा पनि मन्त्री बनेका छन् । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाकी बुबा स्वास्थ्यमन्त्री बनेपछि खतिवडा निकै खुसी भएकी छन् । हाल अमेरिकामा रहेकी श्रृङ्खलाले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई तथा सफताको शुभकामना दिँदै अपेक्षा पनि व्यक्त गरेकी छन् ।

“तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस गर्छु । जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे । कहिल्यै ठुलो सपना देख्नुभएन, तर अरुका ठुला सपनाहरु पूरा गरिदिन तपाईं खटिएको देख्दा म आफैँलाई पनि कतिपटक डाहा लाग्थ्यो,” श्रृङ्खलाले लेखेकी छन्,“प्यारो बुबा मलाई आशा छ– तपाईं झन् व्यस्त रहनुहुनेछ । तपाईंको अपार ज्ञानले पक्कै पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने छ । उही तपाईंकी प्यारी छोरी तथा शुभकामना !”

‘मिस नेपाल–२०१८’ विजेता श्रृङ्खला खतिवडा उच्च शिक्षा अध्ययनका सिलसिलामा अहिले अमेरिकामा छिन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको उम्मेदवार बनेर मकवानपुर २ बाट सांसद्मा निर्वाचित विरोध खतिवडा शुक्रबारमात्र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट स्वास्थ्य तथा जनसंख्य मन्त्री बनेका हुन् ।

धेरै पढिएको