७ बैशाख २०८१, शुक्रबार
Follow Us

निरुको ‘माया मेरी’मा सुधिर र उषाको रोमान्स

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७८, शुक्रबार १८:४३

काठमाडौं । गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।
मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् ।
गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेका हो ।

उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने बिश्वास रहेको गायिका घिमिरेले बताइन् ।