६ जेष्ठ २०८१, आईतवार
Follow Us

गगन थापा अस्वस्थ्य

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७८, शनिबार ११:४१

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाल अस्वस्थ्य भएका छन् । पूर्वमन्त्री समेत रहेका थापालाई सामान्य ज्वरोसहितका लक्षण देखिएको छ । २ दिनदेखि नेता थापालाई ज्वरो आएपछि काठमाडौंको ज्ञानेश्वरस्थित निवासमा आराम गरिरहेका छन् । नेता थापाले भने, ‘१/२ दिनदेखि सामान्य ज्वरो आएको छ । घरमै आराम गरेर बसेको छु ।’

घरमै आराम गरिरहेका नेता थापाले चिकित्सकहरूको सल्लाहअनुसार औषधि सेवन गरिरहेका छन् । उनले पीसीआर टेष्टका लागि पठाएको जनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि तयारीहरू गरिरहेका बेला नेता थापा अस्वस्थ्य भएका छन् । थापाले महामन्त्रीका लागि तयारी गरेका छन् । उनले महामन्त्री पदमा मत माग्दै आएका छन् ।

नेता थापाले भेटघाटलाई पातलो बनाएका छन् । उनले अति आवश्यक काममा मात्रै भेटघाट गर्ने गरेका छन् ।