४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

हरेक अङ्ग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरुआत गरेका छौँ : अधिवक्ता ढुंगाना

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७८, आईतवार ०६:४२

काठमाडौँ । वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अङ्ग बिटुलिन थालेको भन्दै त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको बताएका छन् । यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको उनको भनाइ छ । ‘यो शुद्धीकरण अभियान हो,’ अधिवक्ता ढुंगानाले भने, ‘न्यायालय मात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अङ्गहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरुआत न्यायालयबाट सुरु गरेका छौँ ।’