२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल जाँदा ७ दिन होटेल क्वारेन्टिन अनिवार्य

नेपालब्रिटेन डट कम्
२ पुष २०७८, शुक्रबार १९:०६

बेलायतबाट कसरी होटल बुकिङ गर्ने ?

लन्डन । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ को जोखिम बढेको भन्दै नेपाल सरकारले धेरै मुलुकबाट नेपाल भित्रिने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य बनाएको छ ।

शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गरी विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको जनाएको छ।

बेलायतबाट नेपाल जाने यात्रुहरूको लागि बेलायतस्थित ट्राभल्स् कन्सोलले होटल बुकिङको लागि सहयोग गर्ने भएको छ । ट्राभल्स् कन्सोलका प्रमुख बिराज भट्टले नेपाल यात्रा गर्ने यात्रुहरुको लागि आवश्यक सहयोगको लागि विशेष व्यवस्था गरिएको जनाकारी दिए ।

नयाँ नियमअनुसार बेलायत, अमेरिकासहित थुप्रै युरोपेली मुलुकलगायत ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

सात दिनको होटेल क्वारेन्टिन पूरा भएपछि कोरोना परीक्षण गराउंदा नेगेटिभ नतिजा आउनेहरुले आफ्नै घरमा गएर थप सात दिन क्वारेन्टिन बस्नुपर्नेछ । तर, नतिजा पोजेटिभ आउनेहरुलाई भने तोकिएका आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने जनाइएको छ ।