२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कुल आचार्य समूहको एनआरएनएमा प्रस्ताव : निर्वाचन नगरि पदाधिकारी चयन

नेपालब्रिटेन डट कम्
३ पुष २०७८, शनिबार २०:०७

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानका लागि गठित चार सदस्यीय उच्चस्तरीय समितिभित्र विधिबिधान विपरित केही विवादस्पद प्रस्ताव आए पछि बैठक अनिर्णयको बन्दी बनेको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचमा अध्यक्षका प्रत्यासी कुल आचार्य समूहका प्रतिनिधि डा. यादव पण्डितले एक उच्चस्तरिय समिति मार्फत पदाधिकारी चयन गर्ने विवादस्पद लिखित प्रस्ताव पेश गरेका छन् ।

यसअघि आचार्य समूहद्धारा प्रस्तुत एक एक वर्ष भागबण्डा गर्ने प्रस्तावलाई अध्यक्षका प्रत्यासीद्धय डा. बद्री केसी र रविना थापाले सिधै अस्वीकार गरे पछि सो समूहले अर्को प्रस्ताव प्रस्तुत गरेको हो ।

स्रोतका अनुसार अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि गठन गरेको समितिका सदस्यहरुले जिम्मेवारी बोध नगर्दा प्रतिनिधि विवाद मिलाउनुको सट्टा भागबण्डामा बैठक केन्द्रीत रहेको छ ।

प्रस्तावमा निर्वाचन नगरि संघको पदाधिकारीमा भागबण्डा गर्ने, भागबण्डा गर्न उच्च्स्तरिय समिति गठन गर्ने, अध्यक्षमा एक एक वर्षको अवधारणा ल्याउने त्यो हुन नसके निर्वाचनमा जाने, निर्वाचन गर्नै पर्ने अवस्था आएका सबै राष्ट्रिय समितिमा पुनः प्रतिनिधि चयनको प्रकृया अघि सार्ने र २५ प्रतिशत प्रतिनिधिको निर्वाचन गर्ने लगायतका विषय समेटिएका छन् ।

एनआरएनए स्रोतका अनुसार आचार्य समूहले निर्वाचन गरेर नेतृत्व लिन भन्दा भागबण्डाबाट संघभित्र आफ्नो स्पेश सुक्षित गर्नेमा जोड दिएको छ ।

समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी, नारायण थापा र प्रवक्ता डिबी क्षेत्री छन् ।

स्रोतका अनुसार पण्डितद्धयले समितिको बैठक राखेर समस्याको समाधान गर्नुको सट्ट समयको कटाउने काम गरेका छन्। संघका सल्लाहकार समेत रहेका विश्वपण्डितले पहिलो चरणमै अध्यक्षमा एक एक वर्ष मिलेर जिम्मेवारी लिने प्रस्ताव अघि सारे पछि बैठक बस्नै नसकेर अन्योलमा थियो । तर पछि क्षेत्री र जोशीको पहलमा बैठक सुरु भए पछि पण्डितद्धयले संस्थाको पूरै संरचना र निर्वाचन प्रकृयालाईनै धोस्त पार्ने गरि प्रस्ताव प्रस्तुत गरेका छन् ।

गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार कुमार पन्तको थपिएको कार्यकालभित्र कुनै पनि चुनावमा हुन नदिएर संरक्षक परिषद मार्फत संघको बागडोर शेष घलेलाई दिने रणनीतिमा कुल आचार्य समूह लागेको छ ।

अध्यक्ष पन्तले विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएका बताएका थिए । तर सो समितिका अध्यक्षका प्रत्यासी डा. बद्री केसी र रविना थापाको प्रतिनिधित्व नभएको कारणले सो समितिको औचित्य माथिनै प्रश्न उठ्दै आएको छ ।

पन्तले सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न समितिलाई निर्देशन दिएका थिए ।

अध्यक्ष पन्तले विवाद मिलाउन समिति गठन गरे पछि गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको थियो । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो ।

यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले मतदानको मिति परिवर्तन नगरिए पछि अन्य कार्यतालिका रोकिएको जनाएको छ ।

गैरआवासीय नेपाली संघभित्र यूके, अमेरिका र अष्ट्रेलियाका देशमा प्रतिनिधिको विवाद रहेको छ ।