२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएमा टिके प्रथा मान्दैनौं : सल्लाहकार टिबी कार्की

नेपालब्रिटेन डट कम्
१० पुष २०७८, शनिबार ०८:३६


पूर्वअध्यक्षहरुलाई हस्तक्षेप बन्द गर्न आग्रह

लण्डन । गैरआवासीय नेपाली संघको नयां नेतृत्व चुनाव छलेर ल्याउने प्रयत्न गरे पछि सर्वत्र निन्दा हुन् थालेको छ ।

गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले भागबण्डामा एक एक वर्ष कार्यकालको जिम्मेवारी लिने प्रस्तावलाई स्थापित गर्न खोजे पछि संघका केन्द्रीय सल्लाकार टिबी कार्कीले त्यसको विरोध गरेका छन् ।

कार्कीले शनिवार एक विज्ञप्ति जारी गर्दै अबिलम्व निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । उनले पूर्वअध्यक्षहरुलाई संस्थाभित्र हस्तक्षेप नगर्न समेत चेतावनी दिदै भनेका छन् आफ्नो कार्यकाल झै, आफ्नो मातहतमा संस्था रहोस् भन्ने कल्पना छोड्न आग्रह गरेका छन् ।

खुल्ला अपील

सामान्य तवर बाट बाहिरी रुपमा झट हेर्दा समस्या प्रतिनिधि छनौटको देखाईएता पनि मुलरुपमा केही पुर्ब अध्यक्ष हरुको रिमोट कन्ट्रोलबाट सन्चालित हुन सक्ने नेतृत्वय ल्याउने होडबाजीबाट सस्थाँलाई सदैब बचाउदै पुर्ब अध्यक्षहरुलाई पनि सम्मानित राख्दै, पुर्ब अध्यक्ष ज्युहरुले सधै आफ्नो कार्यकाल झै, आफ्नै मातहतमा संस्था रहोस भन्ने कल्पना छोड़नु पर्दछ , साथै हलो अडकाउने कार्य बन्द गरी सम्मानित भएर बस्नु पर्दछ ।सस्थाँलाई अगाडी बडाउने बिषयमा एक्यबद्दता प्रदान गर्ने बेला हो यो !

अनि मात्र हरेक संस्थाँ वा संगठनमा नेतृत्वको बिकाश हुनेछ ।
सर्बसम्मतीको नाममा हाल सम्म अगाडी देखिएका वा त्यो भन्दा बाहिर बाट आफ्नो रिमोट बाट चल्ने नेतृत्व चयन बाट समस्याको समाधान हुन सक्दैन ।बरु
साच्चै सस्थाँको मर्म र उदेश्य अनुरुप एकता र सहमतिको नेतृत्व चयन गर्ने हो भन्ने हाल सम्म मुल नेतृत्व बिहिन क्षेत्र मध्यपुर्ब वा अफ़्रीका महादेश क्षेत्र बाट आम सहमतिमा नेतृत्व चयन गर्दा सर्वोत्तम र धेर थोर न्याय सगंत र बैज्ञानिक पनि हुन सक्ला । तर मैले यसो भनीरहदा हामीले आरक्षण खोजेको जस्तो देखिएला ।

हामी आरक्षण वा टिके प्रथा भन्दा प्रजातांत्रिक पद्दति र ब्यवस्थामा पुर्ण बिश्वास राख्दछौ , संसार भर छरिएर रहनु भएका तमाम गैर आवासिय नेपाली नेपाली साथीहरुलाई एउटै मालामा सदैब अटाउन सक्ने गरि सम्पुर्ण सदस्यहरुले अर्थात एक लाख ६ हजारनै प्रतिनिधी र मतदान बन्न पाउने ब्यवस्थाको प्रणाली अबिलम्बन गर्दै मतदानका निम्ती सेल्फी अनिवार्य गरौ र आउदो अप्रिल १५ -२०२२ भित्र महाधिवेशन गरी नेतृत्व हस्तांतरण गरौ ।

धन्यबाद । टि.बी. कार्की
ग़ैर आवासिय नेपाली सघँ, अन्तराष्ट्रीय समन्वय परिषद
पुर्ब उपाध्यक्ष
२०१३-२०१५ कार्यकाल ।