२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रियंका चोपडा बनिन् आमा

नेपालब्रिटेन डट कम्
८ माघ २०७८, शनिबार ०४:३९

नयाँ दिल्लि । बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। सरोगेसीबाट उनी आमा बनेकी हुन्।

यो खुसीको खबर सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद।’

प्रियंकाले डिसेम्बर २०१८ मा निक जोनससँग विवाह गरेकी थिइन्। उनीहरूले हिन्दू र क्रिस्चियन मान्यता अनुसार विवाह गरेका थिए।

दुवैले राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह गरेका हुन्। विवाह समारोह अत्यन्तै निजी हुँदा उनले दिल्ली र मुम्बईमा भव्य रिसेप्सन दिए।

निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन्। उनले सात वर्षको उमेरमा अभिनय गर्न थालेका थिए ।