१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए बिभाजन कसैको हितमा छैन् : डा. यादव पण्डित

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७८, आईतवार ०५:२८

लण्डन । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघको छुट्टै भेला गरेर संघलाई विभाजन गर्न लागे पछि विश्वभरका नेपालीहरुले आलोचना गरेका छन् ।
युवा वैज्ञानिक तथा जनसम्पर्क समिति अमेरिकाका नेता डा. यादव पण्डितले संघको बिभाजनले कुनै पनि पक्षलाई हित नगर्ने भन्दै सहमति खोज्न आग्रह गरेका छन् ।
उनले एनआरएनए संस्था र अभियानका बिषयमा फेसबुकमा सबैभन्दा घृणा र आक्रोस लेख्ने वा अभिव्यक्त गर्ने देखि वाक्क दिक्क भएको बताएका छन् ।

उनले आफ्नो पूर्ण क्षमता विभाजन रोक्न आफु लागि परेको जानकारी गराउदै आआफ्नो प्रभाव र क्षमताको प्रयोग गर्न अनुरोध गरेका छन् ।

उनले संकटको समयमा सानो प्रयास पनि महत्व पूर्ण हुने बताए ।