२२ बैशाख २०८१, शनिबार
Follow Us

युक्रेनबाट विस्थापित नेपालीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एनआरएनए स्वास्थ्य समितिको आग्रह

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७८, आईतवार ०५:२५

लण्डन । गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले युक्रेनबाट विस्थापित भएका नेपालीको अधिकार सुनिश्चित गर्न रुस, युक्रेनलगायत युरोपेली राष्ट्रका राष्ट्रप्रमुखलाई आग्रह गरेका छन् ।

“सन् १९५१ शरणार्थी महासन्धिले शरणार्थीहरूको अधिकार स्थापित गरेको छ जसमा गन्तव्यको देशमा स्वतन्त्र प्रवेश गर्ने अधिकार, सुरक्षाको अधिकार, स्वास्थ्य र मानसिक स्वास्थ्यको अधिकार, काम गर्ने अधिकार समावेश छ, तर यसमा सीमित छैन,” डा सापकोटाले भने।

द्वन्द्व देख्नु, घरबाट भाग्नु, लगातार धम्कीमा रहनुले उनीहरूलाई गम्भीर मानसिक स्वास्थ्य समस्यामा पार्छ र उनीहरूलाई डिप्रेसन र आत्महत्याको जोखिममा पार्छ। यसका लागि उनीहरुलाई तत्काल मानसिक स्वास्थ्य सहयोग र परामर्श आवश्यक पर्ने डा सापकोटाले बताए ।

युक्रेनबाट आएका शरणार्थीहरूलाई संलग्न गराउन, उनीहरूको कुरा सुन्न र उनीहरूलाई स्वास्थ्य परामर्श र मार्गदर्शन प्रदान गर्न आइतवार, मार्च २७ मा वेबिनारको आयोजना गरिएको उनले बताए ।
कार्यक्रमलाई डा. संजिव सापकोटा, डा. बेधराज सुवेदी, तथा युक्रेन युद्ध पिडित उद्धार समितिका संयोजक डा. बद्री केसी लगायतले सम्बोधन गर्ने छन् ।