२५ बैशाख २०८१, मंगलवार
Follow Us

महावीर पुनमा बेलायतमा

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७८, शुक्रबार २०:४६

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संचालक एवंम् समाजसेवी महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र यूरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।

शनिबारबाट बेलायतका विभिन्न कार्यक्रममा सहभागी रहने पुन अप्रिल २८ देखि युरोप भ्रमणमा जानेछन् । युरोप भ्रमणपछि मे २५ मा बेलायत फर्किएर जुन पहिलोसाता उनको नेपाल फर्किने योजनामा छ ।

युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविधि लगायतबारे नेपाली संघसंस्था र दाताहरूसमक्ष जानकारी गराउनेछन् ।

विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरुसंग भेटघाट गर्ने र अनुसन्धान एवम विकासमा सहयोग सम्बन्धि सहकार्य गर्नुका साथै परियोजनाबारे छलफल गरिनेछ ।

रोयल हलवे युनिभर्सिटी अफ लन्डन, युनिभर्सिटी सेन्ट्रल ल्यान्काष्टर, टीसाइड युनिभर्सिटी लगायत युरोपका विभिन्न विश्वविद्यालय तथा नेपाली संघसंस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको संयोजक हरिकृष्ण न्यौपानेले बताए ।

बेलायतस्थित नेपाली तथा संघसंस्थाले कुनै कार्यक्रम गर्न चाहेमा संयोजक न्यौपानेलाई सम्पर्क गर्न सकिने छ ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका हुन् । सोहि केन्द्रमार्फत उनले विभिन्न खालका परियोजना तथा आविष्कारलाई सर्वसुलभ ढंगले कार्यान्वयन गर्दै आएका छन् ।

सन् १९८९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर हासिल गरेका पुनले दिगो शिक्षाको आवश्यकता महसुस गर्दै अघि बढेका हुन् ।