१ श्रावण २०८२, बिहीबार
Follow Us

कुन्तीले गाउँदा ब्युटी बारमा रमे नेपाली

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७८, मंगलवार ०५:२१

काठमाडौं । बिदेशी भूमिमा नेपाली गाउन पाउँदा आफुहरुलाई सबैभन्दा बढी खुसी लाग्ने गरेको गायिका कुन्ती मोक्तानले बताएकी छिन् । उनी यतीबेला अमेरिकामा छिन् । संगीतकार श्रीमान शिला बहादुर मोक्तानसँग अमेरिका पुगेकी कुन्तिले न्युयोर्कमा एकल कन्सर्ट गरेकी छिन् । कोरोनाको महामारी कम भएपछि अमेरिकाको साँगीतिक यात्रामा गएकी उनको अमेरिकाका विभिन्न राज्यमा एकल कन्सर्ट रहेको छ ।

यसै क्रममा कलाकार, मोडल तथा ब्युटिसियन रुषा केसीले भर्जीनीया राज्यको लीजबर्ग प्रीमियम आउटलेट मल स्थापना गरेकी ब्युटि पर्लार ‘ब्युटी बार’ को गायिका कुन्तीले उद्घाटन गरेकी छिन् । यो ब्युटी पार्लरको कुन्ती सहित संगीतकार शिलाबहादुर मोक्तान, अभिनेत्रीद्धय रुपा राना र अरुणिमा

उद्घाटन समारोहमा कुन्ति मोक्तानले आफ्नो चर्चित गीत प्रस्तुत गरेर आमन्त्रीतहरुलाई मनोरम तुल्याईन् । सा क्रममा नेपाली अतिथिहरुले कुन्तीलाई ताली बजाएर नृत्य गर्दै साथ दिए । सो ब्युटी बार कलाकार रुषा केसी ब्यबसायी महेश भट्ट, भक्त भट्ट र कबीर बोहोराले सञ्चालन गरेको कार्यक्रमका संयोजक तथा सञ्चारकर्मी सरोज केसीले जानकारी गराएका छन ।

समारोहमा कुन्ती मोक्तानको गायनको प्रसँसा गर्दै एएनएका निबर्तमान अध्यक्ष खगेन्द्र अधिकारी, न्याककी उपाध्यक्ष बिना खड्का लाम, दमक जेसिसका पूर्व अध्यक्ष मृगेन्द्र बहादुर केसीले ब्युटी बारको सफलताको कामना गरे ।

धेरै पढिएको