चितवन । रामानन्दाचार्य सेवापिठ चतराधामका पिठाधिश डा. श्रीवैष्णव श्रीकृष्णदासजी महाराज महायोगी सिद्धबाबाको प्राकट्य दिवसका अवसरमा शनिवार चितवन विशेष सत्संग समारोह संपन्न गरीएको छ । जगतगुरु श्री रामानन्दाचार्य सेवापिठ चितवनको आयोजनामा भएको सो सत्संग समारोहमा सत्संगमा सहभागि साधकहरुले रामचरित्रमानस पाठपरायण, हनुमान चालिसा ध्यान साधना, महायोग एवम् भजनकिर्तनमा गरेका थिए । कार्यक्रममा महायोगका साधक भरत दवाडी, राधेश्याम कोइराला, हरिशचन्द्र न्यौपाने, तोयानाथ दवाडी नरेन्द्र पौडेललगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।
वर्तमान समयमा सिद्ध महायोगको आवश्यकता अतिनै भएको सेवापिठ चितवनका सचिव जनकबन्धु अर्यालले बताए । श्री श्री १००८ डाक्टर श्रीवैष्णव श्रीकृष्णदासजी महाराजले योगको वर्णनलाई फरकरुपमा प्रस्तुत गरेकाछन् । उनले मानव जीवनको सार्थकता नै महायोग भनी व्याख्या गरेकाछन् । स्वतः हुने योग महायोग, स्वस्थ्य जीवनका लागि आवश्यकता दर्शाउन उनी सफल देखिन्छन् । उनको पदचापमा लाग्न भन्दा पनि कुण्डलीनी जागरण मार्फत हुने महायोगबाट जीवनको पूर्णता प्राप्त गर्न महायोगी सिद्धबाबाले प्रेरित गरीरहने उनका अनुयायीहरुले बताए ।
महायोगी सिद्धबाबाको महायोग ध्यान साधनालाई सर्वव्यापी बनाउन र जनजनमा महायोगको महत्व पुर्याउन जगतगुरु श्री रामानन्दाचार्य सेवापिठ चितवनले यही फागुन २५ गतेदेखि २९ गतेसम्म महायोग साधना शिविर समेत भरतपुरमा आयोजना गर्न लागेको सचिव अर्याल जानकारी दिए ।