६ जेष्ठ २०८१, आईतवार
Follow Us

बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७९, बिहीबार १३:१७

लन्डन । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ ।

९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन् । एलिजावेथको स्वास्थ्यमा समस्या देखिएपछि राजकुमार चार्ल्सल बालमोरलमा पुगेका छन् ।