लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको कार्यकारी सचिवालयको बैठक आइतवार बस्ने भएको छ ।
संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघका नियमित अजेण्डामाथि छलफल गर्न उक्त बैठक डाकिएको हो ।
बैठकमा संघको संशोधित विधान, स्मार्ट एनआरएनए अन्तरर्गत सदस्यता वितरण, संघको सकृयतामा संचालन हुने रेष्ट रुम, मोबाइल ब्लड बस परियोजना लगायतका विषयमा छलफल हुने बताइएको छ । संघभित्र करिब ५ दर्जन अन्तराष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरु सकृय छन् ।
थापाले कार्यकारी अध्यक्षको पद समाले पछि पहिलो पटक अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठक बस्न लागेको हो । संघको अन्तराष्ट्रिय समन्वय परिषदको बैठक भने प्रत्येक तीन तीन महिनामा बस्ने प्रचलन रहेको छ ।