१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

८ ठेकेदारलाई अन्तिम मौका

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७९, बुधबार ०७:२६

काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका  ८ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई समेत अटेरी गरेका छन् । कार्यालयले ८ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई सात दिनभित्र जवाफ पठाउन कार्यालयले अन्तिम मौका दिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमातहतको दुर्गालक्ष्मी क्याम्पसले गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । त्यस्तै सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको थियो । पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ ।