लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधिसभाका नवनिर्वाचित महिला सांसदहरुसंग अन्तरक्रिया गर्ने भएको छ ।
एनआरएनए सचिव टिका गुरुङका अनुसार गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद अन्तरर्गतको महिला विभागको आयोजनामा शनिवार सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
हरेक वर्ष नोेभेम्बर २५ (महिला विरूद्धको हिंसा विरूद्ध अन्तराष्ट्रीय दिवस ) देखि डिसेम्वर १० (अन्तराष्ट्रीय मानव अधिकार दिवस) सम्म मनाईने १६ दिने अभियान को अन्तिम पारेर संघले विशेष कार्यक्रमको आयोजना गरेको हो ।
“लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती” विषयकमा आयोजित भर्चुल अन्तरक्रिया कार्यक्रमलाई स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्की, एमाले सांसदहरु विद्या भट्टराई, जुली कुमारी महतो, र माओवादी सांसद रेखा शर्माले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ ।
प्रतिक्रिया