२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपाली सामुदायिक केन्द्र भिक्टोरियाका लागि लुम्बिनीको माटो

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार ०९:३५

भिक्टोरिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि गत २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रम आयोजना गरिएको थियो । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन भएको छ । त्यसपस्चात आर्थिक संकलन कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
सामुदायिक केन्द्रका लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट वुद्धसंग सम्बन्धित कुनै महत्वपूर्ण कुरा उपलब्ध गराउन सामुदायिक केन्द्रका अध्यक्ष रन्जन बैद्यले गर्नु भएको आग्रह अनुरुप अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल च्याप्टरका कोषाध्यक्ष धर्म बहादुर शाक्य, अभियानका नेपाल च्याप्टरका सचिब निलेश अधिकारी लगायतका टिम लुम्बिनी जानु भएको बेला लुम्बिनीका भिक्षु टुण्डुकले विस्व शान्तिका प्रतिक वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई बिधिबत हस्तान्तरण गरिएको छ जस्लाई छिट्टै अस्ट्रेलिया ल्याउने प्रकृया अगाडि बढाइनेछ । अस्ट्रेलिया आइपुगेपछि अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठद्धारा सामुदायिक केन्द्रलाई हस्तान्तरण र वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटो मेलबर्नमा निर्माण गरिने सामुदायिक केन्द्रमा बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।