१८ बैशाख २०८१, मंगलवार
Follow Us

फ्रान्समा एक नेपाली बेपत्ता

नेपालब्रिटेन डट कम्
१८ पुष २०७९, सोमबार ०४:२३

लण्डन । फ्रान्समा कार्यरत एक नेपाली बेपत्ता भएका छन् । गैरआवासीय नेपाली संघ फ्रान्सका अनुसार नेपाल पांचथर घर भई हाल फ्रान्सको लुबुर्जे भन्ने ठाउँमा बसोवास गर्दै आएका रविन श्रेष्ठ (किरण) विगत १८ डिसेम्बर राति देखि हराएका हुन् ।

उनी आफ्ना साथीभाई, परिवार र रूम पार्टनर कसैसंग पनि सम्पर्कमा नआए पछि खोजि थालिएको हो ।

खोजि कार्यमा सहयोग गरिदिनुहुन एनआरएनए फ्रान्सले अनुरोध गरेको छ ।