१६ चैत्र २०८०, शुक्रबार
Follow Us

द आउट लबाट चलचित्रमा फर्कंदै सुशील

नेपालब्रिटेन संवाददाता
२० पुष २०७९, बुधबार ०४:५०

काठमाडौं । चलचित्र ‘द आउट ल’ निर्माण हुने भएको छ । निर्माण टिमले अंगेजी नयाँ बर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो ।

यो चलचित्रमा अभिनेता सुशील श्रेष्ठ सहित शिक्षा संर्गौला, महेश त्रिपाठी, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको यसै साता मुहुर्त गरेर छायांकन सुरु गरिने भएको छ ।

विक्की महर्जनको निर्देशनमा निर्माण हुने यो पुर्ण एक्सन–थ्रिलर जनरामा तयार गरिने भएको छ । चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा भन्ने निर्देशक विक्कीले बताएका छन् । कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ ।

सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् ।

नविन गुरुङ चलचित्रका डिओपी हुन् । यो चलचित्रलाई आगामी दशैंमा रिलिज गरिने भएको छ । निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए,‘चलचित्रको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ ।’ उनले भने