१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो

नेपालब्रिटेन संवाददाता
६ माघ २०७९, शुक्रबार ०५:३९

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनह्याम हट्सपरलाई हराएको छ । बिहीबार राति भएको खेलमा सिटीले टोटनह्यामलाई ४–२ ले हराएको हो । आफ्नै मैदानमा भएको खेलको मध्यान्तरसम्म सिटी २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा सिटीले शानदार पुनरागमन गर्दै जित हासिल गरेको हो ।

खेलको ४४ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा इमर्सन रोयलले गोल गर्दै टोटनह्यामलाई २–० ले अघि बढाए ।

तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो । ५१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । ५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए । ६० औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–२ ले अगैता दिलाए । त्यसपछि ९० औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले १९ खेलबाट ४२ अंक रहेको छ । टोटनह्याम ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।