११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतको सिनेमा हलमा नेपाली चलचित्र ‘महापुरुष’ प्रर्दशनीमा

नेपालब्रिटेन डट कम्
८ माघ २०७९, आईतवार २१:०५

लण्डन । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ बेलायतको सिनेमा हलमा प्रर्दशनी शुरु भएको छ ।

गत शुक्रवार देखि सिनेवल्र्डमा प्रर्दशनी शुरु भएको २ घण्टा ४३ मिनेट लामो चलचित्रमा दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोह समावेस भएको छ ।

श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु बनेको छ ।

चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।