१३ भाद्र २०८३, शनिबार
Follow Us

धनकुटामा यातायातको हाकिमलाई कालोमसो

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७९, बिहीबार ०६:०२

धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइटेँललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् ।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम निकाल्न अस्वीकार गरेको आरोपमा लुइँटेललाई कार्यकक्षभित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ । मोसो दलेर दुर्व्यवहार गर्नेहरुको खोजि भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको र मोसो दल्नेहरुको पहिचान भएर खोजी भइसकेको उनले जानकारी दिए ।

धेरै पढिएको