१३ भाद्र २०८३, शनिबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७९, बिहीबार १३:५३

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

धेरै पढिएको