८ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुल एफए कपबाट बाहिर

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७९, सोमबार ०५:४३

लन्डन । साविक विजेता लिभरपुल एफ.ए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

आइतबार राति भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित भएपछि लिभरपुलको यात्रामा पूर्णविराम लागेको हो । प्रतिस्पर्धात्मक खेलमा ब्राइटनलाई विजयी गराउन जापानी खेलाडी काओरु मितोमाले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।

यसअघि लिभरपुलका हार्भे इलियटले पहिलो गोल गरेका थिए । ब्राइटनका लेविस डंकले भने बराबरी गोल गरेका थिए । पराजित भएसँगै लिभरपुलको कठिन सिजन झनै दवावमा परेको छ ।

एफ.ए कप चौथो चरणका अन्य खेलहरुमा स्टोक सिटीले स्टीभिनेजलाई ३–१ ले पराजित गर्दा शेफिल्ड युनाइटेड र रेक्स ह्यामले ३–३ गोलको बराबरी खेलेका छन् ।