१ चैत्र २०८२, आईतवार
Follow Us

नेपाल उपविजेतामै सीमित

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७९, बिहीबार १४:३४

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। बिहीबार घरेलु टिम बङ्गलादेशसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित हुन बाध्य भएको हो । पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो।

खेलको ४२ मिनेटमा नेपालले पहिलो गोल खायो। बङ्गलादेशका लागि रिपाले पहिलो गोल गरेकी थिइन्। पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान सुनहरले बङ्गलादेशको अग्रता दोब्बर पारेकी थिइन्।

यस्तै खेल सकिन तीन मिनेट बाँकी छदा बङ्गलादेशले तेस्रो गोल गर्‍यो। फ्रिकिक बलमा उन्नोती खातुनले तेस्रो गोल गर्न सफल भएकी थिइन्। यसअघि नेपालले आफ्नो निर्णायक खेलमा भारतलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमै नेपाललाई बङ्गलादेशले ३-१ गोलले हराएको थियो। यस्तै नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो।

धेरै पढिएको