७ बैशाख २०८१, शुक्रबार
Follow Us

किर्गिजस्तानमा एनआरएनएको ८६ औं शाखा गठन, अध्यक्षमा डा. किशन भण्डारी चयन

नेपालब्रिटेन डट कम्
२८ माघ २०७९, शनिबार १५:४९

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा शनिवार किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भरर्चुअल भेलाले ११ सदस्सीय नयां तर्दश समिति गठन गरेको हो ।

भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयां समिति गठन गरेको छ । राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्ण प्रसाद बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् ।
नवगठित समितिको सफलताको शुभकामना व्यक्त गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नयाँ शाखाको रुपमा त्यहाँ रहेका नेपालीहरुलाई स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो । उहाँ तर्दश समितिलाई वैधानिक रुपमा अधिवेशनमा मार्फत अनुमोदन गर्न आग्रह गर्नु भयो । उहाँले किर्गिजस्तानमा नेपाली दूतावास नभएका कारणले नेपालीहरुलाई समस्या रहेको बताउँदै अगामी दिनमा संघले नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघको विश्वव्यापी संजालमा एनआरएनए एनसीसी किर्गिजस्तानलाई स्वागत गर्नु भयो । उहाँले संघले विदेशमा रहेका नेपालीहरुको हक र हितको लागि नेपाल सरकारसंग मिलेर संघले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले पछिल्लो वर्षमा विदेशमा रहेका श्रमिकहरुलाई आइपीओ तथा सामाजिक सुरक्षाकोषमा जोड्ने काम र डलर खाता खोल्नको लागि बाटो खोलिदिएको बताउनु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालको विकासमा जोड्न संघले विज्ञ सम्मेलनको आयोजना गर्दै आएको चर्चा गर्नुभयो । उहाँले किर्गिजस्तानमा रहेका नेपाली समूदायलाई आफुले सिकेको ज्ञान सिप र पुँजीलाई नेपालको समृद्धीको लागि प्रयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष यसमिन वेगम सैयद, नारायण आचार्य, सचिव टिका गुरुङ, चिरनजीवी घिमिरे, उपमहासचिव रामशरण सिमखडा, देवि वस्नेत, कोषाध्यक्ष फडिन्द्र पन्त, क्षेत्रीय संयोजक चिन्तामणी सापकोटा, सन्तोष भट्टराई, उपसंयोजक दयानिधि सापकोटा, नवराज रसयोरा, पत्रकारहरु चिरन शर्मा, बाबाराजेश्वरी थापा, राज कुमार थापा, डा. चिरन्जीबी खड्का, डा. संजिव सापकोटा, डा. एलिनी पोखरेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।