१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाग्लुङकी गोमा क्षेत्री रास्वपाको केन्द्रीय समितिमा

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७९, बिहीबार ००:५४

लण्डन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित केन्द्रीय समितिमा अमेरिकामा व्यवसाय संचालन गर्दै आएकी बाग्लुङकी गोमा क्षेत्री मनोनयन भएकी छन् । नेपालमा रहदा ‘सेभ द चिल्डेन’ मार्फत नेपालका बालवालिकाको क्षेत्रमा सकृय क्षेत्री बाग्लुङमा सकृय समाजसेवीको रुपमा चर्चित छन् । अमेरिकामा बिभिन्न व्यवसाय गर्दै आएकी क्षेत्रीको नेपालमा समेत ठूलो लगानी रहेको छ ।

गत सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने क्रममा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए। क्षेत्रीले नेपालको समृद्धिको लागि आफ्नै देशको लागि केही गर्ने उच्च मनोवलका साथ राष्ट्रिय राजनीतिमा उत्रिएको बताइन् ।

बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थियो।