१३ बैशाख २०८१, बिहीबार
Follow Us

सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७९, बिहीबार ०५:२०

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम गीतका काम गर्न नसक्ने बताएकी छिन् ।

सामन्थाकालाई ‘मायोसाइटिस’ रोग लागेको छ । यो रोगले शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ ।

सामन्थाले फिल्म ‘पुष्पा’ काे ‘उ अन्टावा’ मा नृत्य गरेकी थिइन् । ‘पुष्पा’ को एउटा आइटम गीतको लागि उनले ५ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

यो आइटम गीतपछि उनको सर्वाधिक चर्चा भयो । उनले एक अन्तर्वार्तामा दर्शकहरूले आफ्नो पहिलाको काम बिर्सिएर गीतको मात्रै चर्चा गरेको बताएकी थिइन् । हाल सामन्था आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को छायांकनमा व्यस्त छिन् ।