१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएमा असन्तुष्ट पक्षसंग एकताको तयारी, वार्ताको लागि औपचारिक आब्हान

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७९, मंगलवार ०८:३७

लण्डन् । गैरआवासीय नेपाली संघबाट असन्तुष्ट रहेको एक समूहलाई संस्थाले औपचारिक रुपमा वार्ताको लागि आब्हान गरेको छ ।

गैरआवासीय नेपाली संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र सदस्यसचिव गंगाधार गौतमले मंगलवार एक विज्ञप्ति जारी गर्दै विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको सो समूहलाई औपचारिक रुपमा वार्तामा आउन आग्रह गरेका छन् ।

संघको मूलधारमा समाहित नभएका नेपाली डायस्पोराका एनआरएनए अभियान्तालाई संघा समाहित गर्दै थप क्रियाशिल बनाउने उदेश्यले संघले वार्ता समिति गठन गरेको हो ।

यसअघि संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघका पूर्वअध्यक्ष शेष घलेसंग पटक पटक छलफल गरेको बताएकी थिइन् । घलेले दुवै पक्षलाई मिलाएर लैजान ग्रिनसिंनल दिएको बताएको छ । घले पक्षले आफुले काठमाण्डौंस्थित होटल याक एण्ड यतीका सम्पन्न गरेको १० औं महाधिवेशनलाई मान्यता दिनु पर्ने अडान लिएको छ । अनौपचारिक वार्ताहरु भैरहेको वार्ता समितिका सदस्य सचिव गंगाधार गौतमले जनाए ।