११ बैशाख २०८१, मंगलवार
Follow Us

एक महिनामै ६४ हजारले लिए श्रम स्वीकृति

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७९, बुधबार ०२:१३

काठमाडौँ । माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ पुरुष रहेको विभागले जनाएको छ । सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेहरु छन् । मलेसियाका लागि १९ हजार ७ सय ८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानका लागि १२ हजार ७ सय ४ जना, साउदीका लागि १० हजार ५ सय ७६ जना, युएईका लागि ९ हजार ७ सय ७० जना र कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

साइप्रसका लागि ४ सय १७, क्रोएसियाका लागि ४ सय ७१, जापानका लागि ८ सय ८२, माल्टाका लागि २ सय ७०, पोल्याण्डका लागि ७ सय २०, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८ सय ४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।