११ बैशाख २०८१, मंगलवार
Follow Us

एक हजार क्लबमा पठान

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७९, बुधबार ०५:४२

बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको
यशराज फिल्मले जनाएको छ ।

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।