१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेस्सीलाई ‘फिफा उत्कृष्ट अवार्ड’ 

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार ०५:००

विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, महिलातर्फ एलेक्सिया पुटेलसले जितिन् उत्कृष्ट अवार्ड

विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् ।

पेरिसमा आज विहान भएको एक समारोहमा उनले प्रतिद्वन्दीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधी दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो । सन् २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एकपटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले ‘द वेष्ट फिफा अवार्ड’ जितिसकेका छन् ।

महिलातर्फ भने एलेक्सिया पुटेलसले उत्कृष्ट अवार्ड जितेकी छिन् । त्यस्तै इङल्याण्डकी मेरी इयर्पले उकृष्ट गोल किपरको अवार्ड जितेकी छिन् ।