१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘जहाँ भएपनि सङ्कटको बेला सबै माओवादी एक ठाउँमा उभिन्छौँ’

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १३:०८

काठमाडौँ । वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले आफूहरू जहाँ भएपनि सङ्कटको बेलामा एक ठाउँमा उभिने बताएका छन् । आइतबार माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै आहुतिले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्याय नियमित अदालतबाट हेर्न थालेपछि सबै माओवादी एक ठाउँमा उभिएको बताएको दाबी गरे । ‘हामी परिवर्तनका पक्षधरहरूलाई एउटै डालोमा हालेर मुद्दा लगाउने प्रयत्न हुँदैछ । संक्रमणकालीन मुद्दालाई सत्य निरूपणबाट टुङ्गो लगाउनुपर्नेमा साधारण मुद्दा अन्तर्गत अदालतमा प्रवेश गराइयो’ उनले भने, ‘अहिले नाटक धेरै भएका छन् । अहिले मुद्दा दर्ता नगर्ने, कहिले बेन्चमा पठाउने र कहिले आदेश दिन नपर्ने आदि इत्यादि भन्ने गरेको सुनिन्छ ।’

अहिले हिजो परिवर्तनका पक्षमा लडेका मान्छेमाथि गतिलो तरबार झुन्ड्याएको आहुतिले बताए । अहिलेको संक्रमणकालीन मुद्दा अदालत वा न्यायाधीशसमक्ष हारगुहार गर्ने विषय नभएको बताए ।