१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए नागरिकता विधेयक छिट्टै अघि बढ्छ : उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७९, शनिबार ०५:०८

लण्डन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धा व्यक्त गरेका छन् ।

श्रेष्ठले गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई शनिवार भेट गर्दै नागरिकता विधेयकमा भएको ढिलाईका कारण देशभित्र युवाहरुमा चरम निराशा उत्पन्न भएको बताए ।

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नमा भै रहेको ढिलाई सम्बन्धमा संघका अध्यक्ष डा. बद्री केसी र कुल आचार्यको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डले प्रतिनिधिले संसारभरि रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाडै सम्बोधन गर्न आग्रह गरेको थियो ।

संघले नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन समेत समस्या रहेको तर्फ श्रेष्ठको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलमा उपाध्यक्षद्धय आरके शर्मा र दुर्गा आचार्य, कोषाध्यक्ष लोक प्रसाद दहाल लगायतको उपस्थिति थियो ।