१२ बैशाख २०८१, बुधबार
Follow Us

उद्योग वाणिज्य महासंघको जिल्ला/नगर तर्फबाट बिक्रान्त श्रेष्ठको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७९, सोमबार ०४:५६

पोखरा । नेपाली उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको जिल्ला नगर तर्फको खुल्ला केन्द्रीय सदस्यमा बिक्रान्त श्रेष्ठको उम्मेदवारी दर्ता गराएका छन् । उनी महासंघको वर्तमान केन्द्रीय सदस्य तथा स्याङजा जिल्ला शाखाको निवर्तमान अध्यक्ष हुन् ।

चैत २९ गते हुने निर्वाचनको लागि चैत ५ गतेबाट उम्मेदवारी दर्ता प्रकिया अघि बढाइएकोमा हालसम्म २० जनाले दर्ता गराएको निर्वाचन समितिले जानकारी गराएको छ।

पदाधिकारीमा भने आइतबार रामचन्द्र संघाइ समूहले उम्मेदवारी दर्ता गराएको छ।

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षमा सुरकृष्णलाल वैद्य र वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी गराएका छन्।

संघाईकै समूहबाट एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको नाम पनि घोषणा गरिएकोमा उनले आइतबार उम्मेदवारी दर्ता गराएकी छैनन्। उनी यसअघि अन्जन श्रेष्ठको टिमबाट उम्मेदवार भएको घोषणा गरिएको थियो।

यसअघि अन्जन श्रेष्ठले आफ्नो टिम घोषणा गरिसकेको छ भने उमेशलाल श्रेष्ठ समूहले सोमबार उम्मेदवारी दर्तापछि टिम घोषणाको तयारी गरेको छ।

हालसम्म विभिन्न कलष्टरबाट सदस्य पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुन्छ भने अन्य पदमा निर्वाचन हुने गरेको छ।