१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इंग्लिस प्रिमियर लिग: न्युक्यासल तेस्रो स्थान

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७९, आईतवार ०३:४१

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।  आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो । न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ ।

पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १–० को अग्रता लियो ।

तर, दोस्रो खेलको ५४ औं मिनेटमा न्युक्यासलका  डेभिड रायाले गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो भने ६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २–१ को सहज जीत निकाल्यो ।

अंक तालिकाको दोस्रा स्थानमा रहेको म्यानचेस्टर सिटीले साउथ हेमटनलाई ४–१ ले पराजित गरेको छ । सिटीको जीतमा अरलिङ हाइल्यान्डको नाममा २ गोल रह्यो । उनले ४५ र ६८ मिनेटमा गोल गरे । त्यसपछि ज्याक ग्रेलिसाले ५८ र जुलियन अल्भेरेजले पेनाल्टीमार्फत् ७५ औं मिनेटमा गोल गरे । साउथ हेमटनका लागि ७२ औं मिनेटमा सेक्युमाराले सान्तवना गोल गरेका थिए ।

म्यानचेस्टरको सहज जीत
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टन माथी सहज जीत निकालेको छ ।  ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २–० ले पराजित गर्दै सहज जीत निकालेको हो ।

पहिलो हाफको ३६औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १–० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए । यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा छ भन पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा सिमित रहेको छ ।

चेल्सी पराजित
नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ । घरेलु टोली वल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो ।  गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो । यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।