२४ भाद्र २०८२, मंगलवार
Follow Us

बाराही हाइड्रोपावरको साधारण सभा आज

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७९, सोमबार ०४:५९

काठमाडौं । बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा आज चैत २७ गते सोमबार बस्दैछ ।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि यस कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको र चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली काठमाडौंमा बस्नेछ ।

धेरै पढिएको