७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतको नटिङ्घममा मनाइयो नेपाली नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७९, बुधबार २०:००

लण्डन । बेलायतको नटिङ्घममा नेपाली नयाँ वर्ष २०८० लाई एक कार्यक्रम सहित स्वागत गरिएको छ ।नेपाली समाज नटिङ्घमले चर्चित नेपाली कलाकारहरुको साथमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।

सोमवार समाजले नटिङ्घममा साँगितिक कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष रविन्द्र शर्मा,संस्थापक अध्यक्ष रण बहादुर केशी,तथा नेपाली समाज नटिङघमका पुर्ब अध्यक्ष हरु, महिला समुहकी अध्यक्ष श्रीमती कल्पना गुरुङ लगायतले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा नेपालबाट आएका चर्चित कलाकारहरुले प्रस्तुति समेत दिए । कलाकारद्धय कमल खत्री र सुनिता थेगेमी र स्थानिय कलाकारले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। पहिलो सत्रको कार्यक्रम संचालन समाजका सांस्कृतिक संयोजक अशोक रिजालले गरेका थिए।

समाजका उपाध्यक्ष मुकुन्द खरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ अधिकारीले गरेका थिए । संस्थापक अध्यक्ष रण बहादुर केसी नेपाली महिला समुह नटिङघमकी अध्यक्ष श्रीमती कल्पना गुरुङ, पुर्ब अध्यक्ष प्रवीण पाण्डे, गविन्द शर्मा खरेल, बिष्णु चालीसे,पुर्ब महासचिव डिलाराम गौतम,पुर्ब उपाध्यक्ष कृष्ण खरेल लगायतले सुभकामना दिएका थिए ।

काठमाडौँ गोर्खाको स्वादिष्ट खानाको व्यवस्थालाई उपाध्यक्ष गंगा ढकालले साथ दिएका थिए ।कोषाध्यक्षहरु रेशम खड्का रविन्द्र गिरीले अतिथिहरुको सहजीकरण गरेका थिए।अथितीहरुलाई ब्याज बितरण देवी भटराइ,मन्जु डुमरे र निरु चालिसेले गरेका थिए ।अन्तमा डिजे हेम बिष्टले विभिन्न डान्सिङ नम्बर गीतहरु प्रस्तुत गर्दै थप मनोरन्जन दिलाएका थिए ।