७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालब्रिटेन डट कम्
४ बैशाख २०८०, सोमबार १२:४४

काठमाडौं । लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्दै छन् ।

अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५-७० वर्ष, शम्भुप्रसाद दाहालले ६१-६५ वर्ष र सन्जिव अर्यालले ४०-४५ वर्ष उमेरसमूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् ।

सबैसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् । उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका छन् । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।

टोलीलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच दिबाइ गर्‍यो । बैकुण्ठ मानन्धर खेलकुद नेपालका अध्यक्ष दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मीलगायतले सोमबार बिदाइ गरे ।